birat ribon

यस्तो छ आकाशको ‘ड्रिम गर्ल’, मंसिर ७ गते रिलिज डेट तोक्दै ट्रेलर सार्वजनिक

Neuro
यस्तो छ आकाशको ‘ड्रिम गर्ल’, मंसिर ७ गते रिलिज डेट तोक्दै ट्रेलर सार्वजनिक


विराटनगर, असोज १६
नायकद्वय आकाश श्रेष्ठ र विल्सन विक्रम राई तथा नव–नायिका आश्मा गिरीको मुख्य अभिनय रहेको चलचित्र ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ ।

यस चलचित्रको तेस्रो पटक प्रदर्शन मिति तय भएको थियो । गत असार २९ लाई फाइनल मिति तय गरिएको सो चलचित्र असोज १९ हुँदै मसिंर ७ पुगेको हो । मंसिर ७ गते देशैभर प्रदर्शनको मिति तय गर्दै मंगलबार ट्रेलर सार्वजनिक भएको हो ।

cura insider

चलचित्रमा आकाश र आश्माका साथमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट र सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । ऋषिराज आचार्यको निर्देशनमा बनेको यस फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । यसैगरी चलचित्रमा अर्जुन शर्मा, ऋषिराज आचार्य र रामेश्वर धितालको लगानी रहेको छ ।

 

jackson ribon