सोलुखुम्बु, असोज १६
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीसँग विश्वकै उत्कष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको दाबी गरेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नवनिर्मित कार्यालय भवनको उद्धाटन गर्दै उनले यस्तो बताएका हुन् । सो भवन ३ करोड ४६ लाख ६९ हजार ४ सय १० रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
मंगलबार सोही भवनको उद्घाटन कार्यक्रममा बोल्दै आइजीपी खनालले नेपाल प्रहरीसँग विश्वकै उत्कृष्ट प्रहरी बन्न सक्ने सम्भावना रहेको बताउँदै त्यसका लागि प्रहरी कर्मचारीहरुले इमान्दारिता र आचरणमा सुधार गर्नुपर्ने बताए । उनले भने, ‘प्रहरी कर्मचारीहरु देश र नागरिकको सेवक भएका कारण उनीहरुकै सुरक्षाका लागि हरहमेसा कटिबद्ध भइ निस्वार्थ सेवा दिनुपर्छ ।’
उनले विभागीय नीति, निर्देशन अनुसार जिम्मेवारी पूरा गर्न निर्देशन दिएका थिए । खनालले प्रहरी कर्मचारी आफैँ कुनै पनि घटनाको कारक बन्नु नहुने सुझाव दिएका थिए ।