birat ribon

च्याम्पियन्स लिग : आज यी ठूला तीन टोलीमाथि हुनेछ चर्को ‘दबाब ‘

Neuro
च्याम्पियन्स लिग : आज यी ठूला तीन टोलीमाथि हुनेछ चर्को ‘दबाब ‘

cura insider

विराटनगर, असोज १६
युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत दोस्रो राउन्डका खेल हुँदैछन् । आज कूल ८ खेल हुँदा केही टोली भने उच्च दबाबमा हुनेछन् ।

उपाधि दाबेदार सिटी पहिलो जितको खोजीमा

इंग्लिस प्रिमियर लिग फुटबलको साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमा फ्रेन्च क्लब लियोनसँग आफ्नै घरमा २–१ ले हारेको थियो । सुरुअती २ गोल खाएर उसले पछि कमब्याक गर्न नसक्दा आफ्नै घरमा नतिजा गुमायो ।

समूह ‘एफ’मा रहेको सिटी आज जर्मन क्लब होफेनहेइमको घरेलु मैदानमा उत्रिँदा सबैभन्दा दबाबमा हुनेछ । उपाधि दाबेदार सिटी आज पहिलो जितेको खोजीमा हुनेछ । तर, घरेलु लिग बुन्डेसलिगामा यो सिजन १२औं स्थानमा रहेको होफेनहेइमविरुद्ध उसको घरमा उत्रिँदा सिटी स्वभाविक रूपमा दबाबमा हुनेछ ।

सिटी अहिले आफ्नो समूहमा अंकविहीन हुँदै सबैभन्दा पुछारमा रहेको छ । लियोन सबैभन्दा सिरानमा छ । सिटी र होफेनहेइमको खेल आज राति १०ः४० बजेबाट सुरु हुनेछ ।

रियल मड्रिडलाई चोटले तनाव

च्याम्पियन्स लिगको साबिक विजेता रियल मड्रिड आज दोस्रो खेलमा रसियन क्लब सिएसकके मोस्कोविरुद्ध उसकै घरमा खेल्दैछ । अघिल्लो खेलमा आफ्नो घरमा रोमालाई ३–० ले हराएको रियल लयमा छ ।

तर, आज रियलको टोलीमा केही मुख्य खेलाडी हुनेछैनन् । आज रियलको टोलीमा स्टार फरवार्ड ग्यारेथ बेल, स्टार मिडफिल्डर इस्को र मार्सेलो उपलब्ध हुनेछैनन् । यी ३ जनै खेलाडी घाइते र बिरामी रहेका छन् ।

त्यसैगरी, आजको खेलमा रियलका कप्तान सर्जियो रामोस पनि हुनेछैनन् । उनलाई यस टोलीमा राखिएको छैन । तसर्थ, आज दोस्रो खेलमा अवे मैदानमा उत्रिँदा रियल स्वभाविक रूपमा चर्को दबाबमा हुनेछ । खेल आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

युनाइटेडमा मोउरिन्होको परीक्षा !

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पहिलो खेलमा योङ ब्वाइजमाथि ३–० को सहज जित निकाले पनि ऊ सामान्य अवस्थामा छैन । युनाइटेडमाथि यतिबेला घरेलु लिगमा खराब प्रदर्शनको पीडाले पोलिरहेको छ ।

बर्खास्तीको मुखमा रहेका भनेर चर्चामा रहेका टोलीका प्रशिक्षक जोसे मोउरिन्होको टोलीले आज अर्को जितका लागि खेल्दा नतिजा सोहीअनुसार नआए ओल्ड ट्राफोर्डबाट उनको बिदाइको खतरा झन् बढ्ने छ ।

तसर्थ, आज युनाइटेड च्याम्पियन्स लिगमा लगातार दोस्रो जितका लागि मात्रै खेल्दैन, पछिल्लो समय गुमेको लय फर्काउन पनि प्रयास गर्नेछ । तर, आज स्पेनको बलियो टोली भ्यालेन्सियालाई आफ्नो घरमा निम्त्याउँदा युनाइेडले जितका लागि कडा संघर्ष गर्नुपर्ने हुनसक्छ । किनभने, यतिबेला लयमा रहेको भ्यालेन्सियाले लयहीन युनाइेडमाथि उसकै घरमा कडा टक्कर दिनसक्छ । यो खेल आज राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon