birat ribon

विराटनगरको नोबेलले हिले र बेलबारीमा गरेको स्वास्थ्य शिविरबाट १६ सय बिरामीले निःशुल्क उपचार पाए

Neuro
विराटनगरको नोबेलले हिले र बेलबारीमा गरेको स्वास्थ्य शिविरबाट १६ सय बिरामीले निःशुल्क उपचार पाए

 
विराटनगर, असोज १६
विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले धनकुटाको हिले र मोरङको बेलबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी १ हजार ६ सय १० जना बिरामीको निःशुल्क उपचार गरेको छ ।

ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन बेलबारी नगरपालिका–१ बरडाँगी र धनकुटा नगरपालिका–१ हिलेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

cura insider

हिलेमा भएको शिविरबाट १ हजार १ सय ४५ र बेलवारीमा भएको शिविरबाट ४ सय ६५ जना बिरामीले निःशुल्क उपचार सेवा लिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । यसैगरी बेलबारीको शिविरमा १ सय १० जनाको भिडियो एक्सरे, २९ जनाको ईसीजी र ६५ जनाको ल्यावटेष्ट गरिएको छ । गम्भीर प्रकृति र शल्यक्रिया गर्नुपर्ने २४ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गरिने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । ‘रिफर भएका सबै बिरामीलाई ५० प्रतिशत छुटमा उपचार गर्छौ, ’ उनले भने ‘अत्यन्तै न्यून आर्थिक अवस्थाका बिरामी भेटिएमा छुटको मात्रा बढाउँने वा निःशुल्क उपचार गर्ने गरेका छौं ।’ शिविरमा हाडजोर्नी र छाला सम्बन्धी समस्याका बिरामी बढी आएका थिए ।

हिलेमा स्वावलम्बन लघुवित्त वित्तिय सस्थासँग समन्वय गरी शिविर सञ्चालन गरिएको हो । शिविरमा धनकुटाको पाख्रीवास, बेलहारा, चुङवाङ, सिधुवा लगायत स्थानका साथै छिमेकी जिल्ला तेह्रथुमबाट पनि बिरामीहरु उपचारका लागि आएका थिए । हिलेको शिविरमा दम रोग, हाडजोर्नी सम्बन्धी समस्या, छाला रोग र आँखामा समस्या भएका बिरामीहरु बढी मात्रामा आएको आयोजकले जनाएको छ ।

jackson ribon