birat ribon

कांग्रेस नेता प्रकाशमानको भाषण– ‘ओली सरकारबाट जनता छटपटाइरहेका छन्’

Neuro
कांग्रेस नेता प्रकाशमानको भाषण– ‘ओली सरकारबाट जनता छटपटाइरहेका छन्’

काठमाडौं, असोज १६
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारले देशमा स्थिरता र सुशासन कायम गर्न नसकेको आरोप लगाएका छन् । उनले सरकार कामभन्दा बढी गफमा रमाएको भन्दै नेता सिंहले सरकारको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका हुन् ।

cura insider

आज काठमाडौंको १० नम्बर इकाइले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले जनता अहिले कम्युनिस्टलाई भोट दिएकोमा पछुतो मानिरहेको समेत दाबी गरे । देश अहिले भयानक अस्थिरताको जालोमा रहेको उनको भनाइ थियो ।

सम्बोधनक्रममा नेता सिंहले ओली सरकारप्रति आक्रोशित हुँदै प्रश्न गरे, ‘सरकारले भनेको स्थिरता यही हो ?’

समाजमा दिनहुँ बढ्दो बलात्कार, हत्याजस्ता आपराधिक घटना रोक्न सरकार असफल भइससेको भन्दै नेता सिंहले सरकारको चर्को आलोचना गरे । ‘खासमा भन्ने हो भने जनता अहिले कम्युनिस्टलाई भोट दिएकोमा पछुतो मानेर छटपटाइरहेका छन्,’ नेता सिंहले भने ।

अर्को एक प्रसंगमा नेता सिंहले चाडबाडका मुखमा ओली सरकारसँग महँगी नियन्त्रण गर्ने कुनै योजना र तत्परता नरहेको अरोपसमेत लगाए ।

त्यसक्रममा नेता सिंहले आफूहरूले कांग्रेसलाई बलियो र पहिलेकै साइजमा ल्याउने गरी तयारी थालेको समेत बताए ।

jackson ribon