birat ribon

भारतीय मिडियामा छाए प्रदीप र ‘लभ स्टेशन’को टोली

Neuro
भारतीय मिडियामा छाए प्रदीप र ‘लभ स्टेशन’को टोली

विराटनगर, असोज १६
नायक प्रदीप खड्का र नायिका जसिता गुरुङ मुख्य भूमिका रहने चलचित्र ‘लभ स्टेशन’ले भारतीय मिडियामा चर्चा कमाएको छ । भारतको पर्यटकीय स्थल दार्जिलिङमा छायांकनरत सो फिल्मको टोलीले दार्जिलिङको हिमालय दर्पण लगायत अन्य हिन्दी भाषाका पत्रिकामा स्थान बनाएको हो ।

cura insider

 नायक प्रदीप, नायिका जसिता, निर्देशक उज्ज्वल र निर्माता गोविन्द शाही र ‘लभ स्टेशन’को टोलीले विश्व पर्यटन दिवसको उपलक्ष्यमा राकेरुङ पुगेर छायंकन गरेका थिए । नायक प्रदीपले राकेरुङ सुटिङ स्थलको सम्भावनाभित्रको क्षेत्र रहेको बताएका थिए ।

उज्ज्वल घिमिरेको निर्देशनमा बनिरहेको ‘लभ स्टेशन’को सुटिङ टोली हाल दार्जिलिङमा रहेर छायांकनमा व्यस्त छ । दार्जिलिङका साथै कालिङपोङ, फिक्कल र सिक्किमा छायाङ्कन गरिने छ ।

लभ स्टोरी विधाको यस चलचित्र फागुनको २४ गतेको प्रदर्शन मिति तय गरिएको छ ।

jackson ribon