birat ribon

कञ्चनपुरमा नेवी संघको बन्द : विद्यार्थीले सरकारी कार्यालय र गाडी फुटाए

Neuro
कञ्चनपुरमा नेवी संघको बन्द : विद्यार्थीले सरकारी कार्यालय र गाडी फुटाए

कञ्चनपुर, असोज १६
बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको घटनालाई लिएर जिल्ला बन्द गराएका नेपाली कांग्रेसको भ्रातृ संगठन नेवी संघका विद्यार्थीले बन्दक्रममा सरकारी कार्यालय र गाडी तोडफोड गरेका छन् । विद्यार्थीले बालिका बलात्कार तथा हत्या घटनाका दोषी पक्राउ गर्न दबाब दिने उद्देश्यले आज जिल्ला बन्द आह्वान गरेका थिए ।

cura insider

विद्यार्थीले बन्दको अवज्ञा गरेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय कञ्चनपुरमा तोडफोड गरेका हुन् । उनीहरूले गाडीसहित कार्यालयसमेत तोडफोड गरेका छन् ।

जिल्ला सरकारी वकिल खेमराज भट्टका अनुसार विद्यार्थीले बन्दको अवज्ञा गरेको भनदै आएर कार्यालय तथा सवारी तोडफोड गरेको जानकारी दिए । उनले आक्रोशित विद्यार्थीले कार्यालयका कर्मचारीमाथि हातपातसमेत गरेको दाबी गरे ।

jackson ribon