birat ribon

‘गर्लफ्रेन्डकी १० वर्षीया छोरी बलात्कार गर्ने’लाई १६० वर्ष जेल सजाय !

Neuro
‘गर्लफ्रेन्डकी १० वर्षीया छोरी बलात्कार गर्ने’लाई १६० वर्ष जेल सजाय !

एजेन्सी, असोज १६
पछिल्लो समय हामीकहाँ दिनहुँ बलात्कारका घटना बढेसँगै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने आवाज उठ्न थालेको छ । सार्वजनिक भएका कतिपय घटनामा भने स्थानीयस्तरमै पैसाको चलखेल गरेर घटना मिलाउने गरिएको छ । धेरैजसो बलात्कारी त कानुनको दायरामा आउनै सकेका हुँदैनन् ।

cura insider

त्यसमा समातिएका कतिपय त शक्ति र पहुँचका भरमा कारबाही नभोगी छुट्ने गरेका छन् । कतिपय अवस्थामा बलात्कारीलाई सजाय दिलाउन र पक्राउ गर्न ठूलै आन्दोलन गर्नेुपर्ने हुन्छ ।

यसैबेला अमेरिकामा भने एक व्यक्तिलाई बलात्कार आरोपमा १ सय ६० वर्षको जेल सजाय फैसला गरिएको छ । सामान्य मानिसको आयुभन्दा पनि निकै बढी जेल सजाय अदालतले फैसला गरेको हो ।

यो खबर अमेरिकाको जर्जियाको हो । उक्त राज्यको एटलान्टा सहरमा बस्ने ३४ वर्षीय निकोलस डिओन भन्ने व्यक्तिलाई बालिका बलात्कार आरोपमा यति लामो सजाय सुनाइएको हो ।

त्यो पनि ती व्यक्ति आफ्नै गर्लफ्रेन्डकी १० वर्षीया छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा उनी दोषी ठहर भएका हुन् ।

राज्यको उच्च अदालतले प्रेमिकाकी १० वर्षीया छोरीमाथि बलात्कार गर्ने युवकलाई निकै कठोर १ सय ६० वर्षको जेल सजाय सुनाएको हो । यो समाचार अहिले निकै चर्चामा छ ।

अदालतले बलात्कारी व्यक्तिको कार्यलाई निकै अमानवीय र अस्वभाविक रहेको ठहर गर्दै कडा सजाय सुनाएको हो ।

अब आफ्नो जीवनभन्दा लामो जेल सजाय पाएका निकोलसले १ सय ३६ वर्षसम्म कत्ति पनि सजाय पनि माफी पाउनेछैनन् । अर्थात्, यी व्यक्ति अब बाँचुन्जेल जेलमै बस्नुपर्ने हुन्छ ।

पीडित बालिका पहिलोपटक ८ वर्षको छँदा आफ्नै आमाको प्रेमीबाट बलात्कृत भएकी थिइन् ।

jackson ribon