birat ribon

यस्ता बानी मुटुको लागी हुने गर्छन् निकै घातक

Neuro
यस्ता बानी मुटुको  लागी हुने गर्छन् निकै घातक

cura insider

 

हामी दैनिक विभिन्न कार्यहरु गरिरहेका हुन्छौं । हाम्रा दैनिक कार्यहरुले हाम्रो स्वास्थ्यलाई असर पुर्याई रहेका हुन्छन् । सबैभन्दा बढी असर हाम्रो मुटुमा पर्ने गर्छ । जसले गर्दा मुटु रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दै गएका छन् । हाम्रा कस्ता कार्यले हाम्रो मुटुमा असर पुर्याउँछन् भन्ने कुरा जानी राख्नुपर्छ । पछि गएर दुख पाउनु भन्दा पहिले देखिनै हामीले सावधानी अपनाउनु पर्छ ।

निम्न कार्यहरुले हाम्रो मुटुमा असर पुर्याउने गर्छन् :

१) लामो समयसम्म टिभी हेर्ने : विभिना अध्ययनले लामो समयसम्म टिभी हेर्नु मुटुको लागी घातक हुने देखाएको छ । हामीले टिभी हेरेको ३० मिनेट पछि हल्का हिड्डुल गर्नुपर्छ । एकै ठाँउमा लामो समय बसेर टिभी हेर्नाले मुटुको धमनीमा अवरोध खडा भई मानिसको ज्यान समेत जानसक्छ ।

२) नुन धेरै प्रयोग गर्नु : नुनले हाम्रो शरीरमा पानीको मात्रा बढाउँछ । जसले गर्दा हाम्रो रगत पातलो हुने र रगतको चाप बढ्ने गर्छ । जसले हाम्रो रगत संचालनमा समस्या ल्याउँछ र हामीलाई हृदयघात हुने खतारा हुन्छ ।

३) मुख राम्ररी सफा नगर्नु : मुखको सफाइमा कमी आएमा हाम्रो मुखमा विभिन्न ब्याक्टेरियाहरु उत्पादन हुन्छन् । जुन हाम्रो शरीरमा पस्छन् । जसले हाम्रो मुटुमा पनि संक्रमण गर्छन् । त्यसैले हामीले मुख राम्ररी सफा गर्नुको साथै दाँत पनि राम्ररी माज्नुपर्छ ।

४) निन्द्रा खलबलिनु : निद्रा र मुटुको बीच प्रत्यक्ष सम्बन्ध रहने गर्छ । निर्धक्क साथ सुत्न नसक्ने मानिस तथा तनावका कारण निद्रा खलबलिएमा रक्तचाप स्वतः बढ्ने गर्छ । साथै, निद्रा खलबलिनाले मानिस दिनभर तनावमा रहन्छ । जसका कारण मुटुमा दवाव उत्पन्न भई मुटु समस्या समस्या निम्तने गर्दछ ।

५) कामको दबाव : कामको दबावले मानिसलाई विभिन्न खालका तनावहरु हुन्छ । यस्ता तनावको कारण मानिसको शरीरमा उच्च रक्तचाप हुने सम्भावाना बढी हुन्छ । जुन हाम्रो मुटुको लागी निकै हानिकारक छ । त्यसैले जतिसक्दो आफ्नो कामको दबाव आफुमा राख्नु हुदैन ।

jackson ribon