birat ribon

बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारबाही

Neuro
बलात्कार घटनामा गलत रिपोर्ट दिने दुई डाक्टरलाई कारबाही


काठमाडौँ, असोज १६
बलात्कारको घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई चिकित्सकलाई कारबाहीका लागि सिफारिस गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको पत्राचार अनुसार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलको संयोजकत्वमा रहेको सरकारवादी फौजदारी मुद्दाको काम कारवाहीमा समन्वय समितिले दुई चिकित्सकलाई कारबाहीको सिफारिस गरेको हो ।

cura insider

जनकपुर अञ्चल अस्पतालका डाक्टरहरूले अनुसन्धान कार्यलाई प्रभावित हुने गरी रिपोर्ट दिएको भनी प्रहरीले पत्राचार गरेको आधारमा महान्यायाधिवक्ता खरेल नेतृत्वको समितिले कारबाहीका लागि सिफारिस गरेको हो । सिफारिस पर्नेमा जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइत रहेका छन् । उनीहरुलाई कारबाहीका लागि मेडिकल काउन्सिललाई सिफारिस गर्ने निर्णय गरेको हो ।

दुई अस्पतालको परीक्षणमा पीडितको उचाई र तौलसमेत दुईवटा फेला परेको थियो ।

धनुषा जनकनन्दनी गाउँपालिका २ बस्ने करण मण्डलले जबर्जस्ती करणी मुद्दामा जनकपुर अञ्चल अस्पताल र जिल्ला अस्पताल सिराहाबाट प्राप्त भएको स्वास्थ्य परीक्षण प्रतिवेदन फरक परेको पत्राचार प्रहरीले महान्यायाधिवक्ता कार्यालयमा गरेको थियो ।

jackson ribon