birat ribon

च्याम्पियन्स लिगमा आज एकैदिन आठ खेल हुँदै, को–को भिड्दैछन् ?

Neuro
च्याम्पियन्स लिगमा आज एकैदिन आठ खेल हुँदै, को–को भिड्दैछन् ?

विराटनगर, असोज १६
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज समूह चरणअन्तर्गत दोस्रो राउन्डका खेल हुँदैछन् । आज विभिन्न १६ टोलीले आफ्नो खेल खेल्दा एकैदिन ८ खेल हुनेछन् ।

cura insider

आज हुने खेलमा इंग्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीले पनि आफ्नो खेल खेल्दैछ । सिटी यसअघि फ्रेन्च क्लबसँग आफ्नै घरमा पराजित भएको थियो । तसर्थ, आज ऊमाथि चर्को दबाब हुनेछ ।

त्यसैगरी, आज क्रिस्टियानो रोनाल्डोको टोली युभेन्टसको पनि खेल हुनेछ । तर, आजको खेलमा रोनाल्डो भने हुनेछैनन् । आजै स्पेनको क्लब तथा साबिक विजेता रियल मड्रिड पनि खेल्दैछ ।

त्यस्तै, आज यो सिजन घरेलु लिगमा खराब अवस्थामा रहेको म्यानचेस्टर युनाइटेड पनि खेल्दैछ । यी टोलीका खेल आज निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

आज हुने ८ खेल र समय :

  1. म्यानचेस्टर सिटीविरुद्ध होफेनहेम – १०ः४० बजेदेखि
  2. युभेन्टसविरुद्ध योङ बोइज – १०ः४० बजेदेखि
  3. एइकेविरुद्ध बेनफिका – १२ः४५ बजेदेखि
  4. सिएसके मस्कोविरुद्ध रियल मड्रिड – १२ः४५ बजेदेखि
  5. बार्यन म्युनिखविरुद्ध अजाक्स – १२ः४५ बजेदेखि
  6. म्यानचेस्टर युनाइेडविरुद्ध भ्यालेन्सिया – १२ः४५ बजेदेखि
  7. लियोनविरुद्ध शाख्तर डोनेस्टक – १२ः४५ बजेदेखि
  8. रोमाविरुद्ध प्लेजन – १२ः४५ बजेदेखि

jackson ribon