birat ribon

डलरको भाउ बढ्नेक्रम रोकिएन, आज कति छ ?

Neuro
डलरको भाउ बढ्नेक्रम रोकिएन, आज कति छ ?

विराटनगर, असोज १६
पछिल्लो समय लगातार बढिरहेको अमेरिकी डलरको भाउ अझै उकालो लागेको छ । आज डलरको भाउ बढेर झन्डै १ सय १७ रुपैयाँनजिक पुगेको छ ।

cura insider

आज नेपाली बजारमा नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा तोकेको छ । त्यसैगरी, आज बिक्रीदर भने १ सय १६ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

आज १ युरोका लागि नेपाली बजारमा खरिददर १ सय ३५ रुपैयाँ ६ पैसा तोकिँदा बिक्रीदर १ सय ३५ रुपैयाँ ७६ पैसा कायम भएको छ । त्यसैगरी, युके पाउन्ड स्ट्रलिङको खरिददर आज १ सय ५१ रुपैयाँ ८१ पैसा रहँदा बिक्रीदर १ सय ५२ रुपैयाँ ५९ पैसा कायम छ ।

आज जापानी १० येन बराबर खरिददर १० रुपैयाँ २१ पैसा कायम हुँदा बिक्रीदर १० रुपैयाँ २६ पैसा छ । यता, आज कतारी १ रियालको खरिददर ३१ रुपैयाँ ९५ पैसा हुँदा बिक्रीदर ३२ रुपैयाँ १२ पैसा छ ।

त्यसैगरी, कुवेती १ दिरामको खरिददर ३ सय ८३ रुपैयाँ ६० पैसा हुँदा बिक्रीदर भने ३ सय ८५ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

अर्थविद्हरूले अमेरिकी डलरको भाउ अझै बढ्न सक्ने विश्लेषण गरेका छन् ।

jackson ribon