birat ribon

यस्ता कारणले पनि हुने गर्छ फोक्शोको क्यान्सर

Neuro
यस्ता कारणले पनि हुने गर्छ फोक्शोको क्यान्सर

फोक्शो हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अंग हो । यसले हामीलाई सास फेर्न मद्धत गर्नुको साथै हाम्रो शरीरलाई अक्शिजन दिने काम गर्छ । जसले गर्दा हाम्रो शरीरलाई उर्जा प्राप्त हुन्छ । त्यसैले हामीले हाम्रो फोक्शोको सधैं ख्याल राख्नुपर्छ । धुम्रपान जस्ता कार्यले गर्दा हामीलाई फोक्शोको क्यान्सर हुने गर्छ । तर कहिलेकाँही धुम्रपान नगर्ने मानिसहरुमा पनि फोक्शोको क्यान्सर देखिने गर्छ । बढ्दो प्रदुषणमा मानिसलाई फोक्शोको क्यान्सर हुनको लागी धुम्रपानले मात्र मद्धत गर्छ भन्ने छैन ।

cura insider

मानिसलाई फोक्शोको क्यान्सर हुनुको विभिन्न कारणहरु यस्ता छन् :

१) विभिन्न सिमेन्टहरुमा ‘एस्बेस्टोस फाइबर’ नामक तत्व हुन्छ । जुन घर निर्माण गर्ने क्रममा सासको मध्यमबाट हाम्रो शरीर भित्र पस्छ । जसले क्यान्सर हुन मद्धत गर्छ ।

२) जुन ठाँउमा कोइला, आर्सेनिक तथा पत्रिका छपाईको काम हुन्छ, ती ठाउँका कर्मचारीलाई फोक्सोको क्यान्सर हुने सम्भावना अधिक हुन्छ ।

३) फोक्सोको फाइब्रोसिसको समस्या भएका मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

४) क्रोनिक ब्रोनकाइटिसको समस्या हुने व्यक्तिलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

५) घरपरिवारमा यदी कसैलाई फोक्सोको क्यान्सर भएको छ, भने ती आमाबाबुबाट जन्मने शिशुलाई पनि फोक्सोको क्यान्सर हुनसक्छ ।

६) जो मानिस वायु प्रदुषण धेरै भएको ठाउँमा धेरै समय बिताउछन् त्यसता मानिसलाई पनि फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।

jackson ribon