birat ribon

उच्च कोलेस्ट्रोललाई कम गर्न यस्ता उपायहरु अपनाउनुहोस

Neuro
उच्च कोलेस्ट्रोललाई कम गर्न यस्ता उपायहरु अपनाउनुहोस

cura insider

 

शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रित रुपमा रहेन भने हाम्रो स्वास्थ्यमा विभिन्न खालका समस्याहरु आउने गर्छन् । उच्च कोलेस्ट्रोलको कारण धेरै मानिसहरुलाई हृदयघातको समस्याले सताउने गर्छ । खानपानमा लापरवाही उच्च रक्तचापको प्रमुख कारण हो । उच्च कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न धेरै कुराहरुमा ध्यान पुर्याउनु पर्छ । यसका कारण मानिसको ज्यान पनि जान सक्ने भएकाले कुनै पनि प्रकारको लापर्वाही गर्न हुदैन ।

उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न यी उपायहरु अपनाउनुहोस :

-यसलाई कम गर्नका लागि प्राणायाम, व्यायाम तथा शारीरिक श्रम जरुरी पर्छ ।

-कालो चियाले पनि कोलेस्ट्रोल घटाउन मद्दत गर्ने हुँदा यसले नियमित सेवन शरीरका लागि लाभदायक मानिन्छ ।

-नियमित एक गिलास रेड वाइनको सेवनले पनि कोलेस्ट्रोलको मात्रा कम गर्न सकिन्छ ।

-डार्क चकलेट, स्ट्रबेरी, कालो अंगुर, कागती, सुन्तला, व्लुबेरिज, एभोकाडो, स्याउ, किवी, अनार जस्ता फलफूलको सेवनले शरीरको वोसो नियन्त्रणमा राख्छ । यसको सेवनले कोलेस्ट्रोलको मात्रा समेत कम हुने गर्छ ।

-रेशेदार खानेकुराका साथमा भिटामिन तथा मिनरलयुक्त खानेकुराको सेवनले पनि उच्च कोलेस्ट्रोल नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ ।

-मोटोपनालाई नियन्त्रण गरेर तथा शरीरको अतिरिक्त तौल कम गरेर पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ ।

-तनावले पनि मुटु सम्बन्धि समस्या बढाउने गर्छ । तनाव कम गरेर पनि मुटु सम्बन्धी समस्याबाट बचाउन सकिन्छ ।

jackson ribon