तित्रीको नाम सुन्नसाथ् हाम्रो मुख रसाउने गर्छ । अमिलो मन पराउने मानिसले त झन तित्रीलाई नाइँ भन्ने सक्देनन् । यसलाई हामी अचार बनाउनको लागी प्रयोग गर्ने गर्छौं । गर्मीको समयमा यो निकै लाभदायक छ । यसलाई विभिन्न खालको सर्बत बनाउनको लागी प्रयोग गर्ने गरिन्छ ।
तित्रीले हामीलाई पुर्याउने फाइदाहरु यस्ता छन् :
१) गर्मीको समयमा तित्रीको सर्बत बनाएर खाएमा लु लाग्नबाट बचाउँछ ।
२) खाना अपच हुने समस्याले सताउँछ भने तित्री खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ ।
३) भोक नलाग्नु तथा पेटमा परजीवीहरू संक्रमण भएको अवस्थामा तित्री खाँदा फाइदा पुग्छ । यसले हाम्रो पेटको गर्मी हटाउने भएकाले हाम्रो पेटमा अन्य समस्या आउन दिदैंन ।
४) छालासम्बन्धी समस्या तथा सुन्निएको ठाउँमा तित्रीको ताप पिसेर लेप बनाई लगाउँदा फाइदा मिल्छ ।
५) बिच्छीले डसेको ठाउँमा यसको बीउको पाउडर पानीमा खोलेर लागाउँदा आराम मिल्छ ।
६) नियमित राती एउटा बयरको दानाजति तित्री पानीमा भिजाएर राखी भोलिपल्ट बिहान थोरै गुलियो मिसाएर खाली पेटमा सेवन गर्दा एक हप्तामै पित्तसम्बन्धि समस्या हुनेलाई फाइदा हुन्छ ।
७) तित्रीको बोक्रा डढाएर खरानी बनाई थोरै मात्रामा सेवन गर्दा वान्ता हुने र वाकवाकी लाग्ने समस्यालाई आराम हुन्छ ।
८) तित्रीको सेवनले उच्च रक्तचाप नियन्त्रण गर्छ । साथै तौल कम गर्नका लागि पनि यो लाभप्रद मानिन्छ ।