birat ribon

मध्य तथा पूर्वी तराईमा आज जितिया पर्व मनाइँदै

Neuro
मध्य तथा पूर्वी तराईमा आज जितिया पर्व मनाइँदै

विराटनगर, असोज १६
मध्य तथा पूर्वी तराईका केही जिल्लामा आज जितिया पर्व मनाइँदैछ । यो पर्व आज मध्यतराईका महिलाले विशेष महत्त्वसाथ विविध तयारीका साथ मनाउँछन् । अघिल्लै दिनबाट सुरु हुने यो पर्व आज बिहानबाट विशेष रूपमा सुरु गरिन्छ ।

cura insider

पर्वका दिन आज पूर्वी तथा मध्यतराईका महिलाले निराहार व्रत बसेर भोलि विधिवत रूपमा पर्वको समापन गर्ने गर्छन् ।

पछिल्ला दिन यो पर्व तराईबाहिर भने आदिवासी थारू समुदायका महिलाले पनि मनाउन थालेका छन् । मध्यतराईमा यो पर्व नवलपरासी जिल्लामा विशेष रूपमा मनाइन्छ ।

यस पर्वमा थारू महिलाले पनि हिन्दू नारीले तीजमा जस्तै हरेक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म जितिया पर्वलाई प्रतीक्षासाथ मनाउँछन् । यस पर्वलाई तीजको जस्तै परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गर्ने एक पर्वका रूपमा लिइन्छ ।

आज व्रत बसेका महिलाले भोलि व्रत सकिने दिन नजिकैका जलाशय, नदी–खोलामा गएर नुहाइधुहाइ गरी माटोको प्रतिमामा पूजा गर्दै पर्व समापन गर्ने चलन छ ।

jackson ribon