birat ribon

‘ठूलीआमालाई बलात्कार गरेको’ आरोपमा छोरा पक्राउ

Neuro
‘ठूलीआमालाई बलात्कार गरेको’ आरोपमा छोरा पक्राउ

पाल्पा, असोज १६
जिल्लामा आफ्नी ठूलीआमा बलात्कार गर्ने एक छोरालाई प्रहरीले समातेको छ । रैनादेवी छहरा गाउँपालिका सिद्देश्वरका एक युवकलाई प्रहरीले ठूलीआमा बलात्कार गरेको आरोपमा पक्रेको हो ।

जिल्ला प्रहरीका अनुसार मदिराले मातेर नाताले ठूलीआमा रहेकी महिलामाथि बलात्कार गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो ।

cura insider

प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेका युवकमाथि थप अनुसन्धान चलिरहेको छ । घटनापछि पीडितले उजुरी दिएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । पक्राउ परेका युवकबारे प्रहरीले केही खुलाएको छैन ।

jackson ribon