विराटनगर, असोज १६
‘ज्यानै फाल्छु’ बोलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र मोडल जीवन आचार्यले रोमान्टिक अभिनय गरेका छन् । केही दिनअघि सार्वजनिक भएको यस गीतमा केकी र जीवनको जोडीले आफ्नो प्रेमका लागि बाचा गर्दै गरेको देख्न सकिन्छ ।
गायक सुरजकुमार थापा र गायिका सुजता उपाध्याय मानन्धरको स्वर रहेको यस गीतमा हरि लम्सालले संगीत भरेका छन् भने किरण कंडेलले संयोजन गरेका छन् । दिनेश अधिकारीको शव्द रहेको यस गीतको म्यूजिक भिडियोतर्फ भने निशान घिमिरेको निर्देशन रहेको छ ।
https://youtu.be/-_gmb0ireOc