birat ribon

आज नेपाल र ताजिकिस्तान भिड्दै, यस्तो कुरुप मैदानमा तयारी गर्दैछ नेपाल !

Neuro
आज नेपाल र ताजिकिस्तान भिड्दै, यस्तो कुरुप मैदानमा तयारी गर्दैछ नेपाल !


विराटनगर, असोज १६
सोमबारदेखि बंगलादेशमा सुरू भएको बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दोस्रो खेलमा डिफेण्डिङ च्याम्पियन नेपालले ताजिकिस्तानको सामना गर्दैछ । सिल्हेट डिस्ट्रिक्ट स्टेडियममा समूह ‘ए’ तर्फ नेपाल ताजिकिस्तानसँग भिड्न लागेका हुन् ।

cura insider

नेपाललाई आज जितका साथ प्रतियोगिताको सुरुवात गर्ने दबाब पनि छ । यद्यपि, पछिल्ला तथ्यांकहरुलाई हेर्दा नेपालमाथि ताजिकिस्तान नै हावी देखिएको छ । पछिल्लोपटक एएफसी एसियन कपको छनौट खेलतर्फ समूह चरणको भेटमा दुवैपटक नेपाल पराजित भएको छ । नेपाल मै भएको पहिलो लेगको खेलमा नेपाल २–१ ले पराजित भएको थियो भने ताजिकिस्तान मै सम्पन्न दोस्रो लेगको खेलमा पनि नेपाल ०–३ ले पराजित हुन पुगेको थियो ।

बंगबन्धु गोल्डकपमा भने यी दुई टोली पहिलोपटक भिड्दैछ । समूह ए मा नेपाल र ताजिकिस्तानसँगै प्यालेस्टाईन छ ।

यसैबीच सिल्हेटको एकदमै कुरुप मैदानमा प्रशिक्षण लिइरहेको छ । बंगलादेश फुटबल फेडेरेसनले नेपाल र ताजिकिस्तानको खेलका लागि प्रशिक्षण लिइरहेको नेपाललाई यस्तो मैदान उपलब्ध गराएको हो ।

नेपाल र ताजिकिस्तानबीचको खेल आज साँझ ६ बजेदेखि सुरू हुनेछ भने यसको प्रत्यक्ष प्रशारण इन्टरनेटको माध्यमबाट यहाँ हेर्न सकिन्छ ।

तस्बिरहरुः एन्फा

jackson ribon