birat ribon

श्रीमतीको हत्या गर्नेलाई १० वर्ष जेल

Neuro
श्रीमतीको हत्या गर्नेलाई १० वर्ष जेल

cura insider

भोजपुर, असोज १५
आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेका एक व्यक्तिलाई १० वर्ष कैद सजाय सुनाइएको छ । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका–३ चौकीडाँडाका पुष्प भन्ने हर्कबहादुर राईलाई १० वर्ष कैद सजाएको फैसला गरेको हो ।

राईलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भोजपुरका न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी ऐन ज्यानसम्बन्धी महलको १४ नं बमोजिम १० वर्ष कैदको फैसला गरेको हो ।

राईले गत जेठ १९ गते राति श्रीमती मेनुका राईको पेटमा लात्ती प्रहार गर्दा गम्भीर घाइते भएकी उनको गत जेठ २० गते मृत्यु भएको थियो । हर्कबहादुरलाई प्रहरीले जेठ २० गते नै पक्राउ गरेको थियो ।

jackson ribon