birat ribon

श्रीकृष्ण लुइटेल बोकेदाह्रीको ‘स्टाइल मारेलु’ सार्वजनिक

Neuro
श्रीकृष्ण लुइटेल बोकेदाह्रीको ‘स्टाइल मारेलु’ सार्वजनिक


विराटनगर, असोज १५
हाँस्य विधाका गीतहरुबाट चर्चित गायक श्रीकृष्ण लुईटेल ‘बोकेदाह्री’को भोजपुरी गीत ‘स्टाइल मारेलु’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । बोकेदाह्रीको आवाजमा रहेको सो म्यूजिक भिडियो भाइब्स क्रिएसनको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको हो ।

cura insider

‘ए बा किन्देउ न भटभटे, बाँके बर्दिया, तेरो बाउ थोते, डल्लेकी बहिनी’ लगायत दर्जनौं हाँस्य विधाका गीतबाट चर्चित उनले सामाजिक सचेतनामूलक गीतहरुमा पनि आवाज दिइसकेका छन् । सोमबार सार्वजनिक गीत भने उनले केही पृथक रुपमा भोजपुरी भाषमा आवाज दिएका हुन् ।

‘स्टाइल मारेलु’मा उनकै शव्द र संगीत रहेको छ भने संगीत संयोजन डम्बर लिम्बूले गरेका छन् । यसैगरी म्यूजिक भिडियोमा पनि उनी आफैं देखिएका छन् भने उनलाई अनिशा ओलीलगायतका कलाकारले साथ दिएका छन् । केशव रायमाझी, विपिन प्रसाइं, शोभिलाल मेचे, विशाल ढुंगाना र सविन मेचे आदिले सो म्यूजिक भिडियोमा श्रीकृष्णलाई साथ दिएका छन् ।

यसैगरी श्रीकृष्ण आफैंले निर्देशन गरेको सो म्यूजिक भिडियोलाई हेमन तामाङले सम्पादन गरेका छन् भने कोरियोग्राफर राज सुब्बा लावती हुन् ।

jackson ribon