birat ribon

फेसबुकमा लाइभ गरी युवकले गरे आत्महत्या

Neuro
फेसबुकमा लाइभ गरी युवकले गरे आत्महत्या


काठमाडौं, असोज १५
फेसबुकमा लाइभ देखाउँदै २५ वर्षीय एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् । चितवनको कालिका नगरपालिका–७ का निश्चल तामाङले फेसबुकमा लाइभ गरी आत्महत्या गरेका हुन् ।

उनले फेसबुकमा लाइभ जानु २ घण्टा अगाडि नै केही गम्भीर कुरा हुन लागेको र मध्यराति १२ बजे आफू लाइभ आउने बताउँदै भिडियो रेकर्ड गर्न भन्दै स्टाटस लेखेका थिए ।

cura insider

तर, मध्यराति १२ बजेको जनाउ दिँदै उनले उनले अर्को स्टाटस पोष्ट गरेपछि उनी दुई वटा स्टाटस लेखेर उनी मदिरा पिउँदै लाइभमा आए र लाइभमा आफू जिन्दगीबाट आजित भएको बताए ।

तामाङले आमाको सलमा आफू झुण्डिन लागेको भन्दै सल देखाए । उनलाई धेरैले त्यसो नगर्न सल्लाह दिए । कतिपयले नेपाल प्रहरीको पेजलाई पनि मेन्सन पनि गरे । यद्यपि, उनी आफ्नो निर्णयबाट पछि हटेनन् आत्महत्या गरी छाडे ।

उनको पोष्टमार्टमपछि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

jackson ribon