birat ribon

म्याराडोनाले मेस्सीलाई भने– ‘अब राष्ट्रिय टोलीमा नफर्किंदा राम्रो’

Neuro
म्याराडोनाले मेस्सीलाई भने– ‘अब राष्ट्रिय टोलीमा नफर्किंदा राम्रो’

एजेन्सी, असोज १५
अर्जेन्टिनाका लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै सुझाव दिएका हुन् ।

cura insider

अर्जेन्टिना रसिया विश्वकप फुटबलमा अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । त्यसयता मेस्सी राष्ट्रिय टोलीमा फर्किएका छैनन् । न त उनले सन्यास नै घोषणा गरेका छन् ।

यसैबेला म्याराडोनाले यस्तो सुझाव दिएका हुन् । ‘मैले मेस्सीलाई के भन्ने ? उनी मान्छन् भने सन्यास लिन भन्छु,’ म्याराडोनाले भनेका छन्, ‘उनले आफूमाथि लाग्ने गरेको आरोप गलत हो भनेर साबित गर्न पनि सन्यास लिँदै राम्रो हुन्छ ।’

म्याराडोनाले जहिल्यै अर्जेन्टिना हार्दा र उपाधि जित्न नसक्दा मेस्सीलाई मात्रै दोष दिइने गरेको बताउँदै मेस्सीले त्यसबाट मुक्ति पाउनुपर्ने बताए ।

‘यहाँ अर्जेन्टिनाको यु–१५ टोली हार्दा पनि मेस्सीलाई नै दोष दिइन्छ । जित्दा राम्रो, हार्दा मेस्सी मात्रै खराब ?,’ उनले प्रश्न गरे, ‘मेस्सी नै समस्या हुन् भने उनले सन्यास लिऊन् । र, हामी अर्जेन्टिनी फुटबल महासंघको दम हेर्छौं ।’

म्याराडोनाले अर्जेन्टिना सफल नहुनुमा मेस्सी समस्या हुन् भन्ने सोच नै गलत भएको बताए । ‘अर्जेन्टिना असफल हुनुको दोष मेस्सी मात्रै हैनन्, मेस्सीलाई सधैं अपराधीजस्तो व्यवहार गरियो, यो गलत छ,’ म्याराडोनाले थपे, ‘मेस्सीले मान्छन् भने म उनलाई अब राष्ट्रिय टोलीमा नफर्किन भन्छु ।’

jackson ribon