birat ribon

रियलका कप्तान रामोस भन्छन्– ‘हामी अझै पनि ला लिगा र च्याम्पियन्स लिगको उपाधि दाबेदार’

Neuro
रियलका कप्तान रामोस भन्छन्– ‘हामी अझै पनि ला लिगा र च्याम्पियन्स लिगको उपाधि दाबेदार’

cura insider

एजेन्सी, असोज १५
स्पेनिस रियल मड्रिडका कप्तान सर्जियो रामोसले रियल मड्रिडले ला लिगामा भनेजस्तो सुरुआत गर्न नसके पनि अझै पनि आफूहरू उपाधि दाबेदार भएको बताएका छन् । युरोपियन च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलको पूर्वसन्ध्यामा रामोसले स्थानीय मिडियासँग बोल्दै यस्तो बताएका हुन् ।

ला लिगामा रियल मड्रिडले यो सिजन ७ खेलमा ४ खेल जितेर २ खेल बराबरी गरेको छ भने एक खेल हारेको छ । ऊ लिग लिडर बार्सिलोनासँग समान अंकसहित दोस्रो स्थानमा बसेको छ ।

ला लिगामा अझै लामो यात्रा बाँकी रहेको बताउँदै रामोसले बाँकी खेलमा रियलले सुधारिएको प्रदर्शन गर्ने बताए । ‘यो साँचो हो कि, हामीले लिगमा भनेजस्तो सुरुआत गर्न सकेनौं,’ उनले भनेका छन्, ‘यद्यपि, रियल अझै पनि लिगको उपाधि होडमा छ । किनभने, लिगमा अझै लामो यात्रा बाँकी नै छ ।’

रामोसले च्याम्पियन्स लिगमा रियल यसपटक पनि बलियो दाबेदार टोली रहने बताए । ‘हामी साबिक विजेता हौं । तसर्थ, हामी यसपटक पनि च्याम्पियन्स लिगको उपाधि दाबेदार टोली हौं,’ उनले भने, ‘हामी यसपटक पनि उपाधि जितेर इतिहास बनाउन चाहन्छौं ।’

रियल मड्रिडले ला लिगामा पछिल्लो खेलमा अवे मैदानमा सेभिल्लासँग ३–० को हार व्यहोरेको थियो । त्यसअघि च्याम्पियन्स लिगमा रियलले इटालियन रोमालाई ३–० ले हराएको थियो ।

रियलले भोलि च्याम्पियन्स लिगको समूह चरणको दोस्रो खेलमा सिएसके मोस्कोसँग अवे मैदानमा खेल्दैछ ।

jackson ribon