पोखरा, असोज १५
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कास्कीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसको अहिलेको अवस्था ‘तार चुँडिएको टेलिफोन’जस्तो भएको टिप्पणी गरेका छन् । उनले सोमबार पोखरामा सम्बोधनमार्फत् यस्तो टिप्पणी गरेका हुन् ।
नेता केसीले केन्द्रबाट नेता र स्थानीय तहबाट कार्यकर्ता बोलीमात्र रहने स्थितिको अन्त्य अहिलेको आवश्यकता रहेको बताउँदै ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नसक्नु कायरतावादी प्रवृत्ति भएको बताए
उनले हुकुमीपाराले कांग्रेस अगाडि बढ्न नसक्ने टिप्पणी गर्दै नेतृत्वले सच्चाएर पार्टीलाई हाँक्न नसके कांग्रेसको अवस्था प्रजापरिषदको जस्तै बन्ने चेतावनीसमेत दिए ।