birat ribon

यु–१९ एसिया कप : लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाटै आउट

Neuro
यु–१९ एसिया कप : लगातार दोस्रो हारपछि नेपाल समूह चरणबाटै आउट

cura insider

विराटनगर, असोज १५
नेपाल बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको समूह चरणबाटै आउट भएको छ । आज भएको दोस्रो खेलमा नेपाल अफगानस्तिानसँग पराजित हुँदै प्रतियोगिताको समूह चरणबाटै बिदा भएको हो ।

आज भएको दोस्रो खेलमा नेपाल ३ विकेटले पराजित भयो । यसअघि नेपाल पहिलो खेलमा भारतसँग १७१ रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

आजको खेलमा नेपाल पहिला ब्याटिङमा उत्रेर अफगानिस्तानलाई १३२ रनको झिनो लक्ष्य दिएको थियो । जहाँ नेपालले ३८.२ ओभरमा १३१ रन मात्रै बनाउँदै अलआउट भएको थियो ।

नेपालले अझै आफ्नो समूह ‘ए’ मा युएईसँग खेल्न बाँकी नै छ । तर, लगातार दुई खेल हारेपछि नेपाल अन्तिम खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको हो । भारत र अफगानिस्तानले लगातार दुई–दुई खेल जितेकाले नेपालको बाटो बन्द भएको हो ।

jackson ribon