birat ribon

कार्यवाहक प्रधानमन्त्री भन्छन्ः ‘करबारे जथाभावी बोले कडा कारबाही हुन्छ’

Neuro
कार्यवाहक प्रधानमन्त्री भन्छन्ः ‘करबारे जथाभावी बोले कडा कारबाही हुन्छ’


काठमाडौँ, असोज १५
कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले करबारे जथाभावी बोले या अराजकता फैल्याएमा कडा कारबाही हुने चेतावनी दिएका छन् । सोमबार ललितपुर उद्योग वाणिज्य संघको ३९ औ वार्षिक साधारण सभामा बोल्दै उनले करसम्बन्धी अराजकता फैंल्याउनेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

cura insider

साथै मन्त्री पोखरेलले करसम्बन्धी समस्याका समाधनाका लागि सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै भने, ‘हाल स्थानीय, प्रदेश र संघीय सरकारबीच कानुनको ठेगान लागि नसकेका कारण कर सम्बन्धि अराजकता देखिएको हो । र यी समस्या छिट्टै समाधान हुन्छ ।’

यसैगरी मन्त्री पोखरेलले निजी क्षेत्रका व्यवसायीहरुलाई दोहोरो कर लिए त्यसविरुद्ध प्रतिकारमा उत्रिन आह्वान समेत गरेका छन् । उनले सर्वसाधारणलाई मारमा पार्ने गरी सरकारले कर नलिने स्पष्ट पारे ।

jackson ribon