birat ribon

विराटनगरमा तीन दिनदेखि टेलिफोन अवरुद्ध, सुचारु हुन २ महिना लाग्नसक्ने

Neuro
विराटनगरमा तीन दिनदेखि टेलिफोन अवरुद्ध, सुचारु हुन २ महिना लाग्नसक्ने


विराटनगर, असोज १५
विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ । शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि तीन दिनदेखि टेलिफोन अवरुद्ध भएको हो ।

cura insider

नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाका अनुसार नाला बनाउने क्रममा ३ सय लाइन र ९ सय लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७ सय टेलिफोन अवरुद्ध भएको हो ।

टेलिफोन अवरुद्ध भएपछि सो क्षेत्रमा निकै समस्या भएको छ । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिए ।

jackson ribon