birat ribon

युभेन्टस जानुअघि रोनाल्डोले अन्य तीन ठूला क्लबको प्रस्ताव अस्वीकार गरेको खुलासा

Neuro
युभेन्टस जानुअघि रोनाल्डोले अन्य तीन ठूला क्लबको प्रस्ताव अस्वीकार गरेको खुलासा

cura insider

एजेन्सी, असोज १५
यस सिजनको सुरुमा अप्रत्यासित रूपमा रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका क्रिस्टियानो रोनाल्डोको सरुवाबारे अर्को खुलासा भएको छ । युभेन्टसमा अनुबन्ध हुनुअघि रोनाल्डोलाई युरोपका अन्य तीन ठूला क्लबले अनुबन्धका लागि प्रस्ताव गरेको खुलासा भएको हो ।

इंग्लिस मिडिया ‘द सन’ का अनुसार रोनाल्डोलाई रसिया विश्वकपभन्दा अघि नै फ्रेन्च क्लब पिएसजी र अर्को इटालियन क्लब एसी मिलानले अनुबन्धका लागि ठूलो अफर गरेका थिए । तर, रोनाल्डोले त्यसका कुनै इच्छा देखाएनन् ।

त्यसैगरी, रोनाल्डोलाई उनको पूर्वक्लब म्यानचेस्टर युनाइटेडले पनि पुनः फर्काउने गरी प्रस्ताव गरेको थियो । सो प्रस्तावमा पनि रोनाल्डोले इच्छा नदेखाउँदा उनी अन्तिम समयमा युभेन्टसतिर लागेको खबरमा उल्लेख गरिएको छ ।

रोनाल्डोका लागि एसी मिलानले ९० मिलियन युरोको अफर गरेको दाबी गरिएको छ । त्यसैगरी, युनाइटेडले पनि रोनाल्डोका लागि आकर्षक अफर गरेको बताइएको छ ।

तर, रोनाल्डोले एसी मिलान र आफ्नो पूर्वक्लबको समेत अफर लत्याएर युभेन्टस जाने निर्णय लिएको सो समाचारमा उल्लेख छ ।

उता, दुई सिजनअघि बार्सिलोनाबाट २ सय २२ मिलियन युरोमा नेइमार किनेको पिएसजीले पनि रोनाल्डोका लागि विशेष चासो देखाएको खबर पहिल्यै आएको थियो । तर, रोनाल्डोले नेइमार रहेको टोलीमा जान चाहेनन् । र, उनी इटालीतर्फ लागे ।

९ वर्ष रियलमा बिताएका रोनाल्डोलाई क्लबले १ सय १२ मिलियन युरोमा युभेन्टसलाई बेचेको थियो ।

jackson ribon