birat ribon

धनकुटामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १४ घाइते

Neuro
धनकुटामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, १४ घाइते


धनकुटा, असोज १५

cura insider

धनकुटामा जीप दुर्घटना हुँदा २ को मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । आज बिहान करिब सवा १० बजे साँगुरीगढी गाउँपालिका–९ हर्दियामा को १ ज १८२१ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका–१० आहालेकी ३९ वर्षीया सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा बस्ने ६१ वर्षीया माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने बताएका छन् । उनले घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको समेत जानकारी दिए ।

जीप साँगुरीगढी गाउँपालिका वडा नं १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको थियो ।

jackson ribon