birat ribon

नेपाल प्रहरीमा ६८७६ जनालाई जागिर खुल्यो : कुचीकारदेखि खेलाडीसम्मलाई मौका (सूचीसहित)

Neuro
नेपाल प्रहरीमा ६८७६ जनालाई जागिर खुल्यो : कुचीकारदेखि खेलाडीसम्मलाई मौका (सूचीसहित)

cura insider

काठमाडौं, असोज १५
नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा विभिन्न पदमा भर्ना खुला गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एक सार्वजनिक सूचना जारी गर्दै अवोदन खुला गरेको हो ।

प्रहरीले खेलाडीदेखि इन्स्पेक्टरसम्म तथा कुचीकारसम्मका लागि जागिर खुला गरेको हो । प्रहरीले खुलाएको आवेदनअनुसार समावेशी नियमअनुसार १ सय ८ जना इन्स्पेक्टर मागेको छ । जसमा ५८ जनाले खुल्ला तर्फबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, जुनियर अधिकृततर्फ एकसाथ ५ सय २४ जना प्रहरी सहायक निरीक्षक पनि प्रहरीले माग गरेको छ । यसमा २ सय ८३ जनाले खुल्लाबाट असईमा आवेदन दिन सक्नेछन् । बाँकी भने समावेशी समूहबाट हुनुपर्ने छ ।

प्रहरीको सूचनाअनुसार यी सबै पदका लागि ७ वटै प्रदेशका प्रदेश प्रहरी कार्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट आवेदन दिन सकिन्छ । आवेदन दिने मिति असोज १८ देखि कात्तिक २९ गतेसम्म तोकिएको छ । त्यसपछि प्रहरी प्रधान कार्यालयले छनौट प्रक्रिया थाल्ने बताइएको छ ।

त्यसैगरी, ६ हजार २ सय ४४ जना जवानतर्फ माग गरिएको छ । जवानका लागि एकैपटक ठूलो संख्यामा आवेदन खुला गरिएको हो ।

जवानबाहेक अन्यतर्फ पनि आवेदन खुला छ । जसमा कार्यालय सहयोगी (भान्से) ३ सय २० जना माग्दा हजाम १५ जना मागेको छ । त्यस्तै, सिलाइबुनाइ गर्ने १२ जना, कुचीकार १४ जना, मोची ९ जना र खेलाडी ३० जनाका लागि पनि आवेदन खुला गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार यी पदका लागि भने देशभरका जिल्ला प्रहरी कार्यालयबाटै आवेदन बुझाउन सकिने छ ।

jackson ribon