birat ribon

मुख्यमन्त्रीको आरोपः ‘संघीय सरकारको असहयोगले प्रदेश सरकारले गति लिन सकेन’

Neuro
मुख्यमन्त्रीको आरोपः ‘संघीय सरकारको असहयोगले प्रदेश सरकारले गति लिन सकेन’


जनकपुरधाम, असोज १५
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेश सरकारले विकास गति लिन नसकेको आरोप लगाएका छन् । जनकपुरमा सोमबार जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन उनले संघीय सरकारको असहयोगका कारण निर्माणका कामलाई गति दिन नसकेको आरोप लगाएका हुन् ।

cura insider

मुख्यमन्त्री राउतले संघीय सरकारले समयमा कर्मचारी नै नपठाएका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भएको बताउँदै संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि कर्मचारी पठाउने लगायतको विषयमा असहयोग गरिरहेको आरोप लगाए ।

उनले एकतन्त्रीय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएकाले मानसिकतामा परिवर्तन ल्याउन आवश्यक रहेको बताए । मुख्यमन्त्री राउतले संघीय सरकारको अवरोध कायम रहेपनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अब अवरुद्ध नहुने बताए ।

jackson ribon