birat ribon

यसकारण फिल्ममा ‘किस सिन’ गदैनन् सलमान खान !

Neuro
यसकारण फिल्ममा ‘किस सिन’ गदैनन् सलमान खान !


विराटनगर, असोज १५
बलिउड अभिनेता सलमान खानलले आफूले फिल्ममा ‘किस सिन’ नगर्नुको राज खोलेका छन् । हालै आफ्नो नयाँ फिल्म ‘लभरात्री’ को प्रमोसनका क्रममा आयोजित एक पत्रकार सम्मेलनमा एक पत्रकारले ‘किस सिन’को विषयमा सोधिएको एक प्रश्नमा उनले यस कुराको खुलासा गरेका हुन् ।

उनले पत्रकारको प्रश्नको जवाफमा ‘किस सिन’ फिल्ममा अत्यावश्यक नहुने प्रतिक्रिया दिँदै भने फिल्म परिवारका सदस्यहरु सँगै बसेर हेर्न मिल्ने हुनुपर्ने आफ्नो भनाइ राखेका थिए । उनले आफ्नै परिवारको उदाहरण दिँदै परिवार सँगै टिभी हेरेर बस्दा कुनै अश्लिल सिन आयो भने सबैलाई असहज हुने बताए । उनले त्यस्तो परिस्थितिमा अर्कातिर फर्कनुपर्ने वा रिमोट थिच्नुपर्ने भएका कारण आफूले किस सिन नदिएको बताए ।

cura insider

उनले भने, ‘अरु परिवारमा पनि सायद यस्तै हुन्छ होला । म चाहन्न कि मैले खेलेका कुनै फिल्म टिभीमा आउँदा दर्शकले च्यानल बदल्नु परोस् । साथै दर्शकले परिवारसहित मेरो फिल्म हलमा आएर हेर्ने खालको हुनुपर्छ ।’

jackson ribon