birat ribon

एक पटक प्रयोग गरेको तेल फेरी प्रयोग गर्नाले आउन सक्छन् यस्ता समस्याहरु

Neuro
एक पटक प्रयोग गरेको तेल फेरी प्रयोग गर्नाले आउन सक्छन् यस्ता समस्याहरु

हामी विभिन्न तारेका खानेकुराहरु खाना निकै रुचाउने गर्छौं । यस्ता खानेकुराहरुको स्वाद निकै मिठो हुने भएकाले मानिसको आकर्षण यस्ता खानाहरु प्रति बढी हुने गर्छ । कुनै खानेकुरा तारेपछी तेल उब्रिने गर्छ । हामी यस्ता खालका तेललाई फेरी प्रयोग गर्ने गर्छौं । तर यसो गर्नु गलत हो । यस्ता खालको तेलले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ । त्यसैले हामीले एकपटक प्रायोग गरिसकेको तेल फेरी प्रयोग गर्न हुदैन ।

cura insider

यसको प्रयोगले हाम्रो स्वास्थ्यमा आउने समस्या यस्ता छन् :

१) जति पटक ततायो, उत्तिनै विषाक्त : तेल जब पटक पटक तताइन्छ, त्यो विषाक्त बन्छ । जति धेरै पटक तताइन्छ, त्यो उत्तिनै क्यान्सरको कारक बन्न सक्छ ।

२) पेटको क्यान्सर हुनसक्छ : तेललाई पटक पटक तताएर प्रयोग गर्दा त्यसले पेटको क्यान्सर हुने संभावना रहन्छ । यसरी तेल प्रयोग गर्दा त्यसमा विस्तारै विस्तारै फ्रि रेडिकल्स बन्न थाल्छ । यस रेडिकल्स श्राव भएपछि तेलको एन्टि अक्सिडेन्ट नष्ट हुन्छ । यसरी बाँकी रहेको तेल क्यान्सरको कारण बन्न सक्छ ।

३) कोलेस्टोर बढाउँछ : तेल तताउँदा कराहीमा कालो बोसो तत्व जम्मा हुन्छ । यो बोसो जब शरीरभित्र प्रवेश गर्छ, त्यसले कोलेस्ट्रोल बढाइदिन्छ । यसले मोटोपन पनि बढाइदिनसक्छ । एसिडिटी र मुटुको समस्या निम्त्याउन सक्छ ।

jackson ribon