birat ribon

रणबीर कपूरकी हजुरआमाको निधनले बलिउड स्तब्ध

Neuro
रणबीर कपूरकी हजुरआमाको निधनले बलिउड स्तब्ध


विराटनगर, असोज १५
दिग्गज अभिनेता राज कपूरकी श्रीमती तथा अभिनेता रणबीर कपूरकी हजुरआमा कृष्णाराज कपूरको निधनले बलिउड शोकमा डुबेको छ । ८७ वर्षीया कृष्णाराज कपूरको उपचारका क्रममा सोमबार निधन भएको हो ।

cura insider

उनी अभिनेता राज कपूरसँग सन् १९४६ मा विवाह बन्धनमा बाँधिएकी थिइन् । उनका तीन छोरा ऋषि कपूर, रणधिर कपूर र राजिव कपूर छन् त्यस्तै २ छोरी रितु नन्दा र रीमा कपूर छन् ।

लामो समयदेखि स्वास्थ्य खराब भएर अस्पतालमा भर्ना गरिएकी उनको आज बिहान ५ बजे निधन भएको हो । अभिनेत्री रविना टण्डनले ट्वीटरमार्फत कपूरको निधनको खबर दिएकी थिइन् ।

कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको र आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको उनका छोरा रणधिर कपूरले बताएका छन् ।

jackson ribon