fbpx

‘बन्द’ लेखिएको विज्ञप्तीको आधारमा शैक्षिक संस्था बन्द ? किन र यस्ता समस्याका उपाय के ?


सुरूमा विप्लवले सामाजिक सञ्जालमा एउटा सामान्य बन्दको विज्ञप्ति निकाल्छ । त्यसपछि सामाजिक सञ्जाल भरी त्यही विज्ञप्तिलाई स्रोत बनाएर हल्ला चल्छ । एक त नेपाल हल्लै हल्लाको देश त्यसपछि त झन् विद्यार्थी बन्द हुने भो भनेर रमाउन थाल्छन् र भने ‘भोलि बन्द हो, भोलि बन्द हो’ भन्दै हल्ला गर्न थल्छन् । यस्तै अभिभावकलाई भने चिन्ता, आफ्ना छोराछोरी दिनभरी के गरेर बस्छन्, घरमै पढेर बस्ने हो कि होइन, पढाइ बिग्रीने भो भनेर चिन्ता लिन्छन् ।

सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको भनेर निकै ठूलो स्वरमा भनेपनि त्यसको अलिकति पनि अनुभव गर्न सकिएको छैन् । विद्यालय जस्तो संवेदनशिल क्षेत्र र खतरा हुने होकि भनेर विभिन्न माध्यममार्फत कत्ति स्कुल र कलेजहरुका संचालकले अभिभावकलाई विद्यालय बन्द हुनेछ भनेर अगाडी नै जानकारी गराउछन् र कतिले बन्द हुने दिन मात्र जानकारी गराउँछन् । यस्तै विद्यालयले जानकारी नगराएको र जानकारी नभएका अभिभावक भने स्कूल र कलेज लाग्यो भने बस भएको विद्यालय त ठिक छ तर बस तथा कुनै साधन नभएकाहरुले कसरी आफ्नो बच्चा विद्यालय पुर्याउने भनेर चिन्ता लिन्छन् र अन्त्यमा विद्यालयले नि गाडीहरु चल्दैन र विद्यार्थीहरु कसरी पढ्न आउछन् ।

स्कूल चलाउँदा कुनै विद्यार्थीलाई केही हुने हो की वा स्कूल चलाउँदा धम्की आउने हो कि भनेर विद्यालय बन्द गराउछँन् र फोनमार्फत आज विद्यालय लाग्दैन भनेर अभिभावकलाई जानकारी गराउँछन् । हुन पनि हो पुराना घटना लाई सम्झिने हो भने विद्यालय जस्तो शान्ति क्षेत्रमा पनि बम जस्ता खतरा वस्तु भेटिने तथा बिस्फोटसमेत भएको पाइन्छ र यहि कारणले विद्यालय बन्द गरिएको पनि पाइएको छ ।

समाधान के त ?
सरकार, यस्ता बन्द गराउने पार्टी र शैक्षिक संस्थाका संचालकहरु बसेर कुरा गरेर शैक्षिक संस्थाहरुका संचालकलाई बन्द गराउने पार्टी लगायतले ‘हामीले गरेको बन्दले विद्यालयलाई कुनै असर हुनेछैन, तपाईंहरुले मज्जाले ढुक्क भएर विद्यालय संचालन गर्न सक्नुहुनेछ । र, केही गरी विद्यालयलाई असर पर्यो भने हामी जिम्मा लिन्छौं’ भन्नुपर्ने देखिन्छ ।

सरकारले पनि सुरक्षाको जिम्मा लिनुपर्ने देखिन्छ । खास भन्ने हो भने यति मात्रले पुग्दैन यस्ता बन्दहरु सधैंका लागि बन्द गर्नुपर्छ अनि मात्र विद्यालय जस्ता संवेदनशिल क्षेत्र शान्ति क्षेत्र घोषणा भएको हो भनेर अनुभव गर्न सकिन्छ ।

-उत्तम घिमिरे, काठमाडौं

प्रतिक्रिया

Loading...