fbpx

नोकियाको ३७ हजार पर्ने ‘६.१’ फोन अब नेपाली बजारमा


काठमाडौं, असोज ४, नोकियाले आफ्नो ३७ हजार ६ सय ३५ रुपैयाँ पर्ने ‘नोकिया ६.१ प्लस’ फोन सार्वजनिक गरेको छ । नोकियाले आफ्नो पछिल्लो उत्पादन नोकिया ६ सिरिजअन्तर्गत ‘६.१ प्लस’ फोनको बिक्री सुरु गरेको हो ।

कम्पनीले प्रविधि र बनावटको उत्कृष्ट सम्मिश्रणका रूपमा हेरिएको नोकिया ६.१ प्लस स्मार्टफोनमा नयाँ क्यामराका साथमा सो फोन बजारमा ल्याएको हो । ५.८ इन्चको क्रिप्स फुल एचडी प्लस साथमा आएको उक्त स्मार्टफोनको स्क्रिन सुरक्षाका लागि गोरिल्ला ग्लास प्रयोग गरिएको छ । एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टममा आएको उक्त स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ६३६ चिपसेट छ भने ड्युल क्यामराका साथमा सो फोन ल्याएको छ । यसैगरी फोनमा कम्पनीले पछाडि १६ मेगापिक्सल र पाँच मेगापिक्सलको क्यामरा प्रयोगमा ल्याएको छ ।

यसैगरी ब्याट्रीमा ३०६० एमएएच क्षमता र क्विक चार्जिङ सिस्टमका साथमा सो आएको छ । स्मार्टफोनमा एम्बिएन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, ई–कम्पनस, फिंगरप्रिन्ट सेन्सरलगायत सुविधा रहेका छन् भने कालो र सेता रङमा उपलब्ध स्मार्टफोनमा कनेक्टिभिटीका लागि यूएसबी टाइप सी पोर्ट, ब्लुटुथ ५.०, ३.५ एमएमको हेडफोन ज्याक पनि राखिएको छ ।

प्रतिक्रिया

Loading...