‘छक्का पञ्जा ३’ युट्युबमा सार्वजनिक नगरिने, यस्तो छ कारण !

0


विराटनगर, भदौ ३१, आउँदो दशैं छेक प्रदर्शन गरिने चलचित्र ‘छक्का पन्जा ३’ युट्युबमा सार्वजनिक नगरिने भएको छ । चलचित्रका निर्माता दीपकराज गिरीका अनुसार यसपटक यो चलचित्र युट्युबमा बेचिएको छैन ।

उनले विदेशमा बस्ने दर्शकका लागि अन्य केही विकल्प गरी नयाँ प्रविधिको खोजी गरिरहेको बताउँदै भने, ‘यसपटक हामीले युटुबमा चलचित्र बेचेका छैनौं । यसकारण सम्भवतः यो फिल्म युट्युबमा आउँदैन ।’

दीपकले चलचित्र युट्युबमा आउँछ भनेपछि हलमा दर्शक घटेको बताउँदै युट्युबमा चलचित्र नराख्ने बताए । उनले भने, ‘युट्युबमा हरेक हप्ता नयाँ नयाँ चलचित्र रिलिज हुँदा हलमा दर्शकको चाप घट्न थालेको छ ।’

दीपाश्री निरौलाको निर्देशनमा तयार भएको यो चलचित्रमा दीपकराज गिरीका अलाबा दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW