झरना थापाको ‘ए मेरो हजुर ३’ मा सलोनसँगै अर्पण थापा पनि भित्रिए !

0


विराटनगर, भदौ ३१, झरना थापाको फिल्म ‘ए मेरो हजुर ३’ मा कलाकार थपिनेक्रम जारी छ । शुक्रबार मात्रै कलाकार सलोन बस्नेत यो लभ स्टोरी फिल्मका लागि पक्का भएका थिए । अब भने यस फिल्ममा अर्पण थापाको आगमन भएको छ ।

निर्देशक थापाले उनको फिल्मका लागि अर्पण थापाको महत्वपूर्ण भूमिका हुने भन्दै शनिबार मात्रै उनीसँग सम्झौता भएको बताइन् । अब फिल्ममा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत र अर्पण थापाको मुख्य भूमिका रहनेछ । असोज ५ गतेबाट छायांकन सुरू हुने सो फिल्मको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । फिल्मलाई सुनिल कुमार थापाले बनाउने छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW