‘निर्मलालाई न्याय माग्दै’ विराटनगरमा प्रदर्शन (फोटो फिचर)

कोशी अनलाइन
विराटनगर, भदौ ३०
गत साउन १० गते कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका स्थानीय १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै आज विराटनगरमा प्रदर्शन गरिएको छ । ‘निर्मालका निम्ति न्याय’ माग्दै हत्यारालाई पक्रेर कारबाही गर्न प्रहरी–प्रशासनलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको हो ।

विगत डेढ महिनादेखि देशैभरि प्रदर्शन भइरहँदा आज एकसाथ देशका विभिन्न सहरमा ‘जनताको भेला’ नाम दिएर निर्मलाका लागि न्याय माग्दै प्रदर्शन गरिएको हो ।

विराटनगरको ट्राफिक चोकमा दिउँसो १ बजेबाट प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा मानवअधिकारकर्मी, कवि–लेखक, महिला, विद्यार्थीलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

Loading...