सलमान खान फेरि विवादमा फसे

0


विराटनगर, भदौ २९, भारतीय अभिनेता सलमान खान फेरि मुस्किलमा फसेका छन् । यसपटकको विवादको कारण भनेको उनको ५ अक्टोबरबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभरात्री’ हो ।

यस फिल्मलाई लिएर विवाद गहिरो बनेको छ । हिन्दू धार्मिक भावनामा ठेस पुगेको र ‘नवरात्री’ अर्थात् तिहारका माहौल उडाउने तबरले यस फिल्म निर्माण गरिएको भन्दै विवादले उग्ररुप लिएको छ । यस विषयमा बिहारको मुजफ्फरपुरका अदालतले पुलिसलाई प्राथमिकी दर्ज गरेर अनुसन्धान गर्न निर्देशन दिएको छ ।

सो अदालतका एक वकील सुधीर ओझाले ‘लभरात्री’ फिल्मको टाइटल धार्मिक भावनलाई ठेस पुर्याउने भन्दै आपत्ति जनाएका थिए । यस विषयमा सुनुवाई भएपछि मुजफ्फरनुर पूर्वीका एसडीजीएमले सलमान खानसहित अन्य ७ जनाविरुद्ध मुद्दा हालेको थियो ।

शिकायत गर्नेहरुको ‘अश्लिलतालाई बढाउने’ तबरले फिल्म निर्माण गरिएको आरोप लगाएका हुन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW