रजनीकान्त र अक्षयलाई झट्का, अहिलेसम्मकै महंगो फिल्म ‘२.०’को ट्रेलर लीक !

0


विराटनगर, भदौ २८, बलिउड सुपरस्टार रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म ‘२.०’ को टिजर सार्वजनिक भयो । तर, टिजरको आधिकारिक रिलीज भन्दा पहिले नै यसको टिजर सार्वजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबरका अनुसार सामाजिक सञ्जालमा लीक भएको भिडियोलाई आधिकारिक तबरले नै टिजर भनी हालिउकोप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नकारात्मक प्रतिक्रिया दिएको बताइएको छ । प्रयोगकर्ताले लीक भएको भिडियो नहालेर अर्कै भिडियो हाल्नुपने जनाएका छन् ।

बहुप्रतिक्षित सो फिल्मको ट्रेलरको सबैलाई प्रतिक्षा छ । यस्तैमा खबर यो छ कि यस फिल्मको ट्रेलर पनि लीक भएको छ । निर्माण पक्षले भिएिफएक्सको धेरै काम बाँकी भएका कारण फिल्मको टिजर काम सकाएर मात्र आउने भनिएपनि ट्रेलर तुरुन्तै लीक भएको थियो ।

सामाजिक सञ्जालमा सो फिल्मको ट्रेलर लिक भएको थियो । बुधबार अर्थात् १२ सेप्टेम्बरमा नै लीक भएको यस भिडियोको आधिकारिक पुष्टि भने हुन सकेको छैन । निर्माण पक्षले शिकायत गरेपछि सो भिडियो तुरुन्तै हटाइएको थियो ।

रजनीकान्त, अक्षय र एमी ज्याक्सनसहितको अभिनय रहेको यस फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । शंकरको निर्देशनमा तयार भएको यो चलचित्रमा एआर रहमानको संगीत छ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW