पूजापाठ, नाचगान र सेल्फी : विराटनगरमा यस्तो देखियो तीज (फोटो फिचर)

Teej Biratnagar 2018

कोशी अनलाइन
विराटनगर, भदौ २७
आज देशैभरि हिन्दू नारीहरूको विशेष पर्व हरितालिका तीज मनाइँदैछ । भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी यो पर्व विशेष महत्त्वसाथ मनाइन्छ । यो पर्वलाई एक मौलिक र सांस्कृतिक पर्वका रूपमा मनाउने चलन छ ।

अघिल्लो रातिसम्म दरका रूपमा विभिन्न मिष्ठान्न परिकार खाने र भोलिपल्ट दिनभर ब्रत बस्ने परम्परा रहेको छ । भाद्रशुक्ल द्वितीयाबाटै सुरु हुने तीज भाद्रशुक्ल पञ्चमीका दिन सप्तऋषिको पूजा गरेपछि मात्रै सम्पन्न हुन्छ ।

तीजमा विशेष रूपमा भगवान् शिवको पूजा–आरधान गरिन्छ । सोही अवसरमा टाढा–टाढा रहेका विवाहित महिला आफ्नो माइती गएर दिदी–बहिनीसँग भेला भएर यो पर्व मनाउँछन् ।

आजको दिन विवाहित महिलाले ब्रत बसेर भगवान् शिवको पूजा गर्नाले पतिको आयु बढ्ने विश्वास गरिन्छ भने अविवाहितले राम्रो पति पाऊँ भनेर आजको दिन ब्रत बस्ने गर्छन् ।

विराटनगर महानगरपालिकामा पनि तीज विशेष रूपमा मनाइएको छ । विभिन्न जातजाति तथा समुदायको बसोबास रहेको यस क्षेत्रका सबै समुदायका महिलाले तीज पर्व मनाउने गर्छन् ।

विराटनगरका विभिन्न स्थान पुगेर हामीले तस्बिर संकलन गरेका छौं । हेर्नुहोस् २० तस्बिर :

प्रतिक्रिया

Loading...