‘म प्रदीपकी प्रेमिका होइनँ’– जसिता गुरुङ

0


विराटनगर, भदौ २६, नायिका जसिता गुरुङ र नायक प्रदीप खड्का चलचित्र ‘लिलिबिली’बाट सँगै छन् । उनलाई यस चलचित्रले निकै नै लोकप्रियता दियो ।

निकै लोभलाग्दो व्यापार गरेको सो चलचित्रको जोडी प्रदीप खड्का र जसिता गुरुङलाई नै लिएर चलचित्र ‘लभ स्टेशन’को घोषणा गरिने भएको छ । आउँदो असोज ५ गतेबाट दार्जिलिङमा छायांकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् ।

पर्दामा देखेर यी जोडीको प्रेम होला भन्ने आँकलन दर्शकले लगाइरहेका बेला जसिताले आफू प्रदीपको शुभचिन्तक मात्र भएको र प्रेमीका नभएको बताएकी छन् । सोमबार चलचित्र ‘रोज’ हेर्नका लागि काठमाण्डौको कुमारी हल पुगेकी जसिताले सबैको मुखमा बुझो हाल्दिएकी छन् ।

उनले प्रदिपको कामको प्रशंसा गर्दै भनिन्, ‘लिलिबिलीमा भन्दा यसमा प्रदिपजीको काम निकै फरक पाएँ । चलचित्र पनि राम्रो बनेको छ । तर, सबैले हामीबीचमा प्रेम छ कि भन्ने आँकलन गरेका होलान् तर, यो सबै हल्ला मात्र हो । म प्रदीपको शुभचिन्तक हँु, प्रेमिका होइनँ ।’

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW