‘कुछ कुछ होता है २’मा रणबीर, आलिया र जान्भी फाइनल !

0

विराटनगर, भदौ २६, फिल्म निर्माता करण जोहारले ‘कुछ कुछ होता है २’ बनाएमा अभिनेता रणबीर कपूर, अभिनेत्रीद्वय आलिया भट्ट र जान्भी कपूरलाई फाइनल गर्ने बताएका छन् । ‘कुछ कुछ होता है’ हिट बनाएको करणले यसको दोस्रो संस्करण बनाएमा यी तीन कलाकारलाई कास्ट गर्ने बताएका हुन् ।

करणले सन् १९९८ मा आएको ‘कुछ कुछ होता है’बाट आफ्नो निर्देशकीय यात्रा सुरू गरेका थिए । उनले यसमा शाहरुख खान, काजोल र रानी मुखर्जीलाई कास्ट गरेका थिए ।

एक एफएमको कार्यक्रम प्रस्तुतीका क्रममा एक स्रोतालाई करणलाई ‘कुछ कुछ होता है’ को रिमेकका बारेमा सोधेका थिए । स्रोताले यदि रिमेक बनाउदा कुन स्टारलाई कास्ट गर्नुहुन्छ भन्ने प्रश्नमा करणले यी तीन कलाकारको नाम लिएका थिए ।

आलियालाई बलिउडमा करणले नै २०१२ मा आएको आफ्नो फिल्म ‘स्टूडेन्ट अफ द इयर’ बाट लन्च गरेका थिए । यसैगरी जान्भीले पनि आफ्नो फिल्मी करिअरको शुरुवात करणद्वारा समर्थित फिल्म ‘धडक’ बाट गरेकी थिइन् । यस्तै रणबीरले भने करणका दुई फिल्म गरिसकेका छन् । रणबीरले करणका साथ ‘ए दिल है मुश्किल’ र ‘ये जवानी है दिवानी’ मा काम गरेका थिए ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW