प्रदीप र जसिता फेरि जोडी बन्ने, ‘लभ स्टेशन’ मा सँगै देखिने

0

विराटनगर, भदौ २६, चलचित्र ‘लिलीविली’ को जोडी प्रदीप खड्का र जसिता गुरुङ फेरि सँगै देखिने भएका छन् । यी दुईलाई लिएर चलचित्र ‘लभ स्टेशन’को घोषणा गरिने भएको छ ।

आउदो असोज ५ गतेबाट दार्जिलिङमा छायांकन सुरु गरिने यो चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गर्दैछन् । चलचित्रको कलाकार चयनपछि निर्माण पक्षको यसको कलाकार सूची सार्वजनिक गरेको छ । चलचित्र ‘लभ स्टेशन’ मा प्रदीप र जसितासँगै मिस सिलगुढी श्रद्धा क्षत्री, निरुता सिंह, सरोज खनाल, प्रकाश शाहलगायत चयन भएका छन् ।

आलोक शुक्लाको छायांकन रहने लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहने छ । दार्जि्लिङका उमेश थापा लाईन प्रोड्युसर रहेका यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW