महेश भट्टले लामो समयपछि ल्याए ‘जलेबी’, यस्तो छ ट्रेलर

0


विराटनगर, भदौ २५, फिल्म निर्माता महेश भट्टले लामो समयपछि आफ्नो फिल्म ‘जलेबी–द एभरलास्ट्रि टेस्ट अफ लभ’ लिएर आएका छन् । यस फिल्ममा नायिका रिया चक्रवर्ती र वरुण मित्रको जोडी प्रेम, मिलन र बिछोडका साथमा देखिएका छन् ।

रिया चक्रवती र वरुणका साथमा अर्की नायिका दिगांगना सूर्यवंशीको पनि यस फिल्ममा अभिनय रहेको छ । टिभी सिरियल ‘वीरा’ र ‘कबुल है’मा आफ्नो अनुभव संगालेकी दिगांगनाले यस फिल्मबाट डेब्यू गर्दैछिन् ।

फिल्मलाई पुष्पदीप भारद्वाज निर्देशन गरेका छन् भने फिल्म अक्टुबर १२ अर्थात् असोज २६ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

2. Below Post 3 Banners
3. Below Post 3 Banners
यो पनि हेर्नुहोला:
Comments
Loading...
Koshi Online

FREE
VIEW