fbpx

मोबाइललाई कसरी सुरक्षित तवरले चलाउने ? जान्नैपर्ने यी टिप्स

अहिलेको समयमा मोबाइल हाम्रा लागि अभिन्न अंग बनिसकेको छ । दैनिक जीवनमा सञ्चार प्रवाह तथा सम्पर्कका लागि यो सबैभन्दा सहज माध्यम बनेको छ ।

तर, यही मोबाइल कसरी चलाउने वा भनौं सुरक्षित तवरले कसरी प्रयोग गर्ने भन्नेबारे भने धेरैले वास्तै गरेका हुँदैनन् । दिनहुँ मोबाइलको समस्याबाट हैरान हुने गरी पनि प्रयोगकर्ताले यस्तो समस्या कम गर्नेतर सोच्न भ्याएका हुँदैनन् ।

मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । यहाँ तपाईंलाई मोबाइल फोन सुरक्षित तवरले चलाउन सहयोग पुग्ने गरी केही टिप्स दिएका छौं

– इन्टरनेट चलाउने धुनमा धेरैले चर्पीमा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानी परेर बिग्रने जोखिम धेरै हुन्छ ।

– ठूला र महँगा फोनलाई सुरक्षाका लागि कभर सस्तैमा पाइन्छ । यद्यपि, धेरैले मोबाइलमा कभर नराखी चलाउँछन् । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्ने हो भने मोबाइल फुट्नबाट जोगिन्छ ।

– मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नु सबैभन्दा उत्तम हो । जसले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसे पनि स्क्रिन फुट्ने जोखिम कम हुन्छ ।

–मोबाइल सजिलै हातबाट खस्न नदिन खस्रोखालको कभर प्रयोग गर्नुपर्छ । नत्र खस्नबाट जोगाउन अड्काउन मिल्ने चेन, डोरीलगायत भएका हार्ड कभर लगाउन सकिन्छ ।

– पानी र चिसोबाट मोबाइल बिग्रने समस्या धेरै नै हुन्छ । त्यसबाट जोगाउन पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउनु हुँदैन । पानी पिउँदा मोबाइल नसमाउनु राम्रो हो ।

– मोबाइलका लागि धेरै तातो पनि जोखिमपूर्ण हुन्छ । त्यसैले यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट मोबाइल टाढै राख्नु बुद्धिमानी हुन्छ ।

– मोबाइल फोहोर भयो वा धुलो लाग्यो भन्दैमा स्प्रे र पानीले सफा गर्नु मूर्खता हो । त्यसो भए सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा मोबाइल सफा हुन्छ ।

– मोबाइलको ब्याट्री चार्ज गर्दा सधैं ध्यान दिनुपर्छ । लामो समय मोबाइल चार्जमा राख्नु ठूलो जोखिम हुन्छ । कतिपयले रातभर मोबाइल चार्जमा राख्छन्, यो घातक कुरा हो । यसो हुँदा ब्याट्री बिग्रने फुल्ने मात्रै नभएर पावर धेरै भएर पड्कने जोखिम नै हुन्छ ।

प्रतिक्रिया

Loading...