यस्तो देखियो एसियाकै दोस्रो ठूलो राधाकृष्ण रथयात्रा (हेर्नुहोस् २५ तस्बिरमा)

कोशी अनलाइन
विराटनगर, भदौ १८
ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा यतिबेला चलिरहेको छ । अपराह्न ४ बजेदेखि सुरु भएको रथयात्रा राति ७ बजेसम्ममा चल्ने बताइएको छ ।

रथयात्रा विराटनगर महानगरपालिकाको तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु भएको हो । मन्दिरबाट सुरु भएको रथयात्रा जलजला मोड, ट्राफिक चोक महेन्द्र चोक, बरगाछी हुँदै पुनः तीनपैनीस्थित मन्दिर पुगेर समापन हुनेछ ।

रथयात्राले करिब ८ किलोटिमर दूरी पार गर्नेछ । रथयात्रा उद्घाटन सभामा प्रदेश–१ को मुख्यमन्त्री शेरधन राई, अन्य मन्त्री, विराटनगर महानगरका मेयर भीम पराजलुलीलगायत सहभागी थिए । सो अवसरमा मुख्य मन्त्री राई र मेयर पराजुलीले मन्तव्य राखेका थिए ।

ठूलो संख्यामा रथयात्रामा सर्वसाधारण भक्तजन स्वतःस्फुर्त सहभागी भएका थिए । रथयात्रामा भारत, भुटानसम्मका हजारौं भक्तजन सहभागी भएको बताइएको छ ।

रथयात्राका २५ तस्बिर हेरौं :

प्रतिक्रिया

Loading...