१० तस्बिरमा हेर्नुहोस् राधाकृष्ण रथयात्राको पूर्वसन्ध्यामा सजिएको विराटनगर

कोशी अनलाइन
विराटनगर, भदौ १७
भोलि (आइतबार) विराटनगरमा भगवान् राधाकृष्णको रथयात्रा निकालिँदैछ । एसियाकै सभैन्दा ठूलो रथयात्रा तथा धार्मिक उत्सवका रूपमा लिइने यस पर्वको सबै तयारी सकिएको छ ।

छिमेकी देश भारतलगायत देशबाट समेत ठूलो संख्यामा भक्तजन सहभागी हुने यस रथयात्रालाई बर्सेनि विशेष पर्वका रूपमा मनाइन्छ । रथायत्राका दिन भोलि मोरङ र सुनसरीमा सार्वजनिक बिदासमेत दिइएको छ ।

रथयत्रा भोलि अपराह्नबाट सुरु हुने रथयत्रा मूल समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले बताए । रथयात्रा सुरु हुनुअघि हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिने तयारी छ ।

गत वर्ष डुबान तथा बाढीका कारण प्रभावित रथयात्रा यसपटक विशेष तयारीसाथ मनाइँदैछ । रथयात्राको अवसरमा विराटनगरमा बजार क्षेत्रमा ठाउँ–ठाउँमा पूजास्थल बनाइएको छ भने बजार क्षेत्र सिंगारिएको छ ।

रथयात्राको पूर्वसन्ध्याकालीन समयका १० तस्बिर हेरौं :

प्रतिक्रिया

Loading...